सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण


  •    न्युजभित्तो/१७ पुष २०८२, बिहीबार १४:५९ 
  • (नवलपरासी), १७ पुस । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो । 

    आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उहाँले भन्नुभयो ।

    प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आउनुभएको छ । चार बिघा जग्गामा आलुखेती गरिरहेको बताउँदै उहाँले गत वर्ष डेढ बिघा जग्गाबाट उत्पादित आलु बिक्री गरी रु छ लाख ५० हजार आम्दानी भएको जानकारी दिनभयो ।

    उँखुखेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी पनि नदिने भएपछि उँखुखेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती सुरु गरेको यादवले बताउनुभयो । अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजाखेती गरेको उहाँको भनाइ छ । 

    यो आर्थिक वर्षमा भारतबाट आउने केराको खपत हुँदा स्थानीय उत्पादनले बजार नपाएपछि घाटा लागेको उहाँले बताउनुभयो । पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले तीन वर्षदेखि दश कठ्ठा जग्गामा व्यावसायिक आलुखेती गर्दै आउनुभएको छ । 

    जिल्लाको रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलुखेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएकाले उत्पादनका दृष्टिले सम्भावना बेकेका क्षेत्रका रूपमा तोकिएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो । 

    पौडेलका अनुसार व्यावसायिक आलुखेती प्रवर्द्धनका लागि किसनालाई बाली विशेष आयोजनातर्फको कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने गरिएको छ । जिल्लामा पाँच हेक्टर जमिनमा व्यावसायिक आलुखेती भइरहेको केन्द्रले जनाएको छ । 

    यहाँ उत्पादित आलुले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धाने बाँकीका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.