सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार


  •    न्युजभित्तो/१७ पुष २०८२, बिहीबार १४:१३ 
  • पर्वत १७ पुस । बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो । 

    करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गर्नुभएको हो । उहाँको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल दिन थालेका उहाँले जानकारी दिनुभयो ।

    स्थानीय ‘बिजु’ जातका बिरुवा लगाएको बताउँदै गुरुङले सुरुमा परीक्षणका रूपमा खेती गरे पनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक उत्पादन गर्न थालेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत वर्ष रु पाँच लाख आम्दानी भएको थियो । 

    “पाकेका सुन्तला टिपेर बजार पठाउन सुरु गरेका छौँ, अहिले नै कति आम्दानी हुन्छ भन्ने यकिन भइसकेको छैन”, कुश्माबजारमा आयोजित पर्वत महोत्सवमा बच्छेश्वर कृषि तथा पशुपक्षी फार्मको स्टल सञ्चालन गर्नुभएका गुरुङले भन्नुभयो, “खेर गएको माटो सदुपयोग गरी गाउँमा प्रशस्त आम्दानी गर्ने उद्देश्यले सुन्तला लगाएको हुँ ।” उहाँका अनुसार फार्ममा एउटै सुन्तला तीन सय ५० ग्राम सम्मका फलेका छन् । 

    ठूला र आकर्षक गोटा भएकाले प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको गुरुङले जानकारी दिनुभयो । गाउँबाट थोक विक्रेतालाई भने रु एक सय २० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । फार्मसम्म पुग्ने सडकको अवस्था जोखिमयुक्त भएकाले सुन्तला ढुवानीमा समस्या परेको उहाँको भनाइ छ ।

    “मुस्किलले फार्मभन्दा केही तलसम्म सडक पुगेको छ, तर कच्ची सडक भएकाले ठूला सवारीसाधन आउनजान नसक्दा बजार पठाउन समस्या हुन्छ”, गुरुङले भन्नुभयो । उहाँले सुन्तलासँगै निबुवा, कागती र बेसार पनि लगाउनुभएको छ । कागती र निबुवाको चुक तथा अमिलो र बेसारको धुलो घरमा तयार गरेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

    व्यावसायिक कृषिमा लागेको छोटो समयमै निर्माण व्यावसायबाट भन्दा कृषि कर्मबाट प्रस्शस्त आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । “यो पेसामा पहिलेदेखि लाग्नुपर्ने रहेछ । अहिले पनि ढुवानीको भने समस्या छ । सडक सुविधा सहज भएमा ढुवानीको समस्या अन्त्य हुने थियो”, उहाँले भन्नुभयो ।

    फार्म सुरु गरेपछि कृषि ज्ञान केन्द्रले बिरुवा र ढुवानीमा अनुदान दिनुका साथै बिहादी गाउँपालिकाले क्यारेटलगायत आवश्यक सामाग्री सहयोग गरेको गुरुङले जानकारी दिनुभयो । उहाँले बगैँचामा रहेका सबै बोटले फल दिँदा वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्न सकिने बताउनुभयो । एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी लिन सकिने सुन्तला  वास्तवमै सुनजस्तै फल रहेको उहाँको अनुभव छ ।

    सडकको पहुँच पुर्‍याइदिन पटकपटक स्थानीय सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । सडकको सहज पहुँच पुग्ने हो भने बगैँचालाई अझै आधुनिक किसिमले विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँमै रहेको माटोमा पसिना बगाउने हो भने रोजगारी र आम्दानीका लागि विदेश पलायन हुनु नपर्ने उहाँको भनाइ छ । रासस   

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.