सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन


  •    न्युजभित्तो/१७ पुष २०८२, बिहीबार १२:२३ 
  • चितवन, १७ पुस । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो ।

    विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा निर्माण सक्नेगरी सम्झौता गरिए पनि पुल निर्माणको काम सक्न नौ वर्ष लागेको थियो । मूल्य अभिबृद्धि कर बाहेक रु पाँच करोड १९ लाख ६६ हजार ७१३ को लागतमा ४७९ मिटर लामो झोलुङ्गे पुल तयार भएको हो । विसं २०७९ असार असान्तमा निर्माण कम्पनीले काम सम्पन्न गरेपनि नदी तरेपछि जङ्गलै जङ्गल आश्रमसम्म पुग्न करिब तीन किलोमिटर बाटो पार गर्नुपर्छ । राम्रो बाटो बन्न नसकेको जनाउँदै पुलको मुखमा जाली लगाएर बन्द गरेपछि डुङ्गा चढेर जानु पर्ने बाध्यता रहेको छ ।

    विनयी त्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष नुरेन्द्र साहले पुल नचल्दा भारतीय भू–भाग हुँदै वा नदीमा डुङ्गा चढेर वाल्मीकि आश्रम पुग्नु पर्ने बाध्यता रहेको बताउनुभयो । पुल बनेको लामो समय हुँदा पनि सञ्चालनमा नआएपछि आफूले जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा पत्राचार गरी माघ १ गतेबाट सञ्चालन ल्याइदिन आवश्यक सहजीकरणका लागि आग्रह गरेको बताउनुभयो ।

    त्रिवेणीकै होटल व्यवसायी सन्दीप गुप्ताले त्रिवेणी आउने धार्मिक पर्यटक वाल्मीकि जान चाहेर पनि बाटोका कारण नसकेको बताउनुभयो । उहाँका अनुसार माघे सङ्क्रान्ति, माघे औसी, शिवरात्री, ठूलो एकादशीलगायतका पर्वमा त्रिवेणी आउने भक्तजन वाल्मीकि जान चाहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको वाल्मीकि जाने बाटो निर्माणका लागि वागमती प्रदेश सरकारले गत वर्ष रु २५ लाख बजेट विनियोजन गरिएको भएपनि जेसिवीलगायतका उपकरण लैजान नपाएपछि श्रमजानबाट काम गरिएको थियो । यस वर्षको वर्षातमा बाटो बिग्रिएपछि पुनःसडक मर्मतको काम भइरहेको गुप्ताले जानकारी दिनुभयो । अहिले पनि डुङ्गा तरेर जङ्गलको बाटो हिँडेर भक्तजन जाने आउने गरेका छन् । गुप्ताले केहिदिन अघि १२० जना विद्यार्थीलाई डुङ्गा चढाएर जङ्गलको बाटो हुँदै आश्रम पु¥याएर ल्याएको बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वाल्मीकि आश्रमसम्म जाने बाटो राम्रो बनेपछि पुल सञ्चालनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमति लिईने जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाटोको अवस्था निकै जीर्ण रहेको छ । उहाँले भन्नुभयो “बाटो बनेपछि हामी अनुमतिका लागि विभागमा पत्राचार गर्नेछौँ । यसको आफ्नै प्रक्रिया छ ।”

    निकुञ्जलाई असर नपर्ने गरी बाटो सञ्चालन गर्नुपर्ने भएकाले तत्काल निर्णय गर्न कठिन हुने उहाँको भनाइ छ । पन्तले भविष्यमा धार्मिक महत्वको क्षेत्रलाई निकुञ्जभित्रकै एउटा अङ्ग मानेर वा नेपाल सरकारकै छुट्टै संयन्त्र बनाइ गुरूयोजनाअनुरूप व्यवस्थापन गर्ने विषयमा छलफल हुनसक्ने बताउनुभयो ।

    प्रमुख संरक्षण अधिकृत पन्तले गोरेटो बनाउने विकल्पमा जाँदा तीन किलोमिटर वन क्षेत्रमा सुरक्षा चुनौती हुनसक्ने भन्दै फोहोर व्यवस्थापनका जटिलता पनि आउन सक्छन् भन्नुभयो ।

    यता माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले भने निकुञ्जभित्रको बाटो हिँडडुल गर्न सकिने बताउनुहुन्छ । वाल्मीकि आश्रम माडी नगरपालिका–१ मा पर्दछ । तीन महिना अघि आफू सोही बाटो हिँडेर गएर कार्यपालिकाको बैठक गरेर फर्किएको भन्दै उहाँले पुल सञ्चालनमा आएमा धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

    माडी नगरपालिका–१ को छेउमा आश्रम पर्छ । बीचमा ठूलो भू–भाग चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएकाले माडीबाट सीधा यहाँ पुग्ने सडक छैन । यो क्षेत्रसँग नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको० विनय त्रिवेणी गाउँपालिका जोडिएको छ । नवलपरासीको बाटो ९पूर्व–पश्चिम राजमार्ग० बर्दघाटबाट दक्षिण लागेपछि विनय त्रिवेणी–६ त्रिवेणीधाम पुगिन्छ । त्यहाँबाट नारायणी नदी पार गरी आश्रम पुगिन्छ ।

    गाडीमा जाँदा गण्डक पुलदेखि वाल्मीकि टाइटर रिजर्वको करिब आठ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ । त्यहाँसम्म पुग्न ठाउँठाउँमा भारतीय सुरक्षा बलको सुरक्षा जाँच हुन्छ ।

    पुल निर्माणमा लाग्नु भएका पूर्वसचिव आत्मराम पाण्डे यथासक्य चाँडो पुल सञ्चालन भएमा धार्मिक पर्यटन र स्थानीय वासिन्दा लाभान्वित हुने बताउनुहुन्छ । विसं २०४४ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत रहँदाबाटै उहाँले वाल्मीकि आश्रमलाई व्यवस्थित बनाउने सपना देखेको बताउनुभयो ।

    शिलान्यास भए पनि गण्डक बाँधको नजिकै भएका कारण झोलुङ्गे पुल निर्माण भारतले अबरोध खोजेको थियो । पाण्डेले तत्कालीन भारतीय राजदूत रञ्जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति गरेर काम गरेको बताउनुभयो ।

    उहाँ बाटो मर्मतसँगै यथासक्य छिटो पुल सञ्चालनका लागि सरोकारवाला निकायसँग आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीले आफ्नै भूमिको प्रयोग गरेर वाल्मीकि आश्रम पुग्न सकेको दिन मेरो लागि सबैभन्दा खुसीको दिन हुनेछ ।” यसले वाल्मीकि पुग्ने धार्मिक पर्यटक बढाउने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.