सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा खुल्यो श्री कलेज अफ लः कानुनमा स्नातक पढ्न पाईने


  •    न्युजभित्तो/१६ पुष २०८२, बुधबार १४:०५ 
  • चितवन, १६ पुस । चितवनमा श्री कलेज अफ ल सञ्चालनमा आएको छ । भरतपुर–१२ गोन्द्राङ्गमा रहेको श्री कलेज अफ टेक्निोलोजीको भगिनी संस्थाको रुपमा श्री कलेज अफ ल सञ्चालनमा आएको हो ।

    कलेजका सञ्चालक सरोज ढकालका अनुसार श्री कलेज अफ लमा बि.ए एलएल.बी अध्ययन गर्न पाईने छ । पाँच वर्षे एकीकृत स्नातक तहको नयाँ कार्यक्रममा भर्ना प्रक्रिया शुभारम्भ भईसकेको उहाँले जानकारी दिनुभयो ।

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्चालन गर्न लागिएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “चितवन र छिमेकी जिल्लामा समेत कानुनमा स्नातक पढ्न समस्या थियो, हामीले त्यसैलाई मध्यनजर गर्दै बिए एलएलबी कक्षा सञ्चालन गर्न लागेका हौं ।” हाललाई ६० जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गरिने उहाँको भनाई छ । कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थी भर्ना हुन पाउने उहाँले जानकारी दिनुभयो ।

    सञ्चालक ढकालले भन्नुभयो “भविष्यका दक्ष, सक्षम र जिम्मेवार कानुन व्यवसायीहरु उत्पादन गर्न यो कार्यक्रम सफल हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.