सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’


  •    न्युजभित्तो/१६ पुष २०८२, बुधबार ११:३१ 
  • काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

    राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागी राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको ऐतिहासिक घटनाको स्मरण गर्नुभयो ।

    राष्ट्रिय मेलमिलाप अब कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । सत्ता राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता र मेलमिलापका लागि जनस्तरमा जागरुकता, सतर्कता र ऐक्यबद्धता अपरिहार्य भएको नेता डा कोइरालाले बताउनुभयो ।

    उहाँले लोकतन्त्रको रक्षा गर्दै भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेता डा कोइरालाले राजनीतिक परिवेशमा देखिएका नयाँ चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकतामा जोडिनुको विकल्प नरहेको उल्लेख गर्दै विपी कोइरालाको मेलमिलाप नीतिले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.