सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाना र नानाकै भरमा घरेलु बालश्रमिकको कहर


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १४:४४ 
  • भक्तपुर, १४ पुस । मध्य पुसको चिसो बिहानमा १४ वर्षीया शर्मिला मुसरी सूर्यविनायक नगरपालिका बालकोटस्थित एक घरमा ग्रेनाइटमा पोछा लगाउँदै छिन् । हरेक घरका अन्य सदस्य उठ्नुअघि नै तीनतले घरको भर्याङदेखि भान्छाकोठा पुछेर सफा बनाउनु उनको दैनिकी हो । 

    उनी उक्त घरमा घरेलु बालश्रमिकका रूपमा काम गर्न थालेको दुई वर्ष भयो । बिहान सबै भूँइ सफा गरेपछि पूजाका लागि भाँडा माझ्नु, चियानास्ता बनाउनु, ओछ्यान मिलाउनु, खाना बनाउनु पर्छ उनलाई । बिहानको घरधन्दा सकेपछि उनी नजिकैको सरकारी विद्यालयमा कक्षा ५ मा पढ्न पुग्छिन् । 

    विद्यालयबाट फर्किएपछि घरको काम सकाउँदा राति १० बज्छ । यति गरेपछि उनले पाउने भनेको दुई छाक खाना र एकसरो लुगा हो । उनका अनुसार उनको हातमा अहिलेसम्म पारिश्रमिकका नाममा पैसा परेको छैन । 

    मध्यपुरथिमि नगपालिका–३ गठ्ठाघर बस्ने सर्लाही घर भएकी १७ वर्षीया सानु चौधरीको नियति पनि त्यस्तै छ । गठ्ठाघरको एक सरकारी विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी चौधरी पनि विगत ६ वर्षदेखि एक सरकारी उपसचिव र सरकारी कार्यालयमा कार्यरत अधिकृत दम्पती रहेको घरमा काम गर्दै आउनुभएको छ । 

    सोधेको कुराको जवाफ दिन डराउने उहाँले आएदेखि आफ्नो घरपरिवार, आमाबुबासँग भेट्न नपाएको गुनासो गर्नुहुन्छ । सधैँको घरधन्दा, स्कुलबाहेक अन्यत्र जान बन्देज, जिन्दगी उमेर बढ्दै जाँदा जिन्दगी कठिनको सामना मात्रै गर्नु परेन, भविष्य खै कता पुग्ने हो, अन्योलताले छाएको बताउनु हुन्छ उहाँ ।

    सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक व्यापारीको घरमा विगत चार वर्षदेखि बस्दै आएकी सर्लाहीकी सानी मुसहरको दैनिकी पनि उस्तै छ । उनी त स्कुल पनि जान पाउँदिनन् । बिहान बेलुका घरको काम र दिउँसो पसलको काममा खटिनुपर्छ । घरेलु कामदारका रूपमा काम गर्न बाबुआमाले जिम्मा लगाएको एक अपरिचित दिदीसँग काठमाडौँ आएकी मुसहरले चार वर्षको अन्तरालमा बालकोटको घर र पसलबाहके अन्यत्र दुुनियाँ देखेकै छैन । 

    उनीहरु घरेलु बालश्रमिकका रूपमा विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यका छिरेको केही नमूना पात्र मात्रै हुन् । गरिबी, धेरै सन्तानको जन्म, खान लाउन समस्या, सौतेनी आमाको कहर, आमाबाबाविहीन यस्ता धेरै कलिला बालबालिका घरेलु बालश्रमिकका रूपमा काठमाडौँ उपत्यकामै कार्यरत धेरैमध्ये यौन दुव्र्यवहारमा समेत पर्ने गरेका छन् ।   

    तराईका जिल्लाबाट घरेलु बालश्रमिकका रूपमा बालबालिका ल्याएर उपत्यकाका विभिन्न घरमा पुर्याउने गिरोहले पछिल्ला समयमा बालबालिकाको जन्म मिति नै बढाएर राख्ने गरेका छन् । 

    आठ वर्षअगाडि सूर्यविनायक नगरपालिकाले बालश्रमिक नहुनेको घरमा हरियो झण्डा राख्ने अभियान सुरु गरेको थियो । वडाहरुमा गठन गरेको बाल क्लबसमेतको प्रतिनिधिले घरघरमा गरेको अनुगमन, तथ्याङ्क सङ्कलनका क्रममा विभिन्न व्यक्तिका घरमा बालश्रमिक भेटिएका थिए । जिल्ला प्रशासन कार्यालयको बेवास्ता, उद्धार गरिएका बालश्रमिकलाई राख्ने सुरक्षित आवास नहुँदा उक्त अभियान रोकिएको बाल क्लबका पदाधिकारीहरू नै बताउँछन् ।

    सूर्यविनायक नगरपालिकाले भने बालश्रम मुक्त नगरपालिका बनाउने उद्देश्यसहित अभियानको थालनी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष रवीन्द्र सापकोटाको भनाइ छ । उहाँले बालबालिकाको हितका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेको बालबालिकाको पक्षमा काम गर्दै आएको बालश्रम मुक्त नगरपालिका निर्माणका लागि अभियान सञ्चालन गरेको उहाँ बतउनुहुन्छ ।

    विगत ३१ वर्षदेखि बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका ९सिविस० ले यसै वर्ष गरेको घरेलु बालश्रमिकमा अध्ययनमा काठमाडौँमा रहेका अधिकांश घरेलु बाल श्रमिक न्यूनतम अधिकारबाट समेत वञ्चित रहेको तथ्याङ्क हालै सार्वजनिक गरेको छ ।

    तथ्याङ्कका आधारमा घरेलु श्रममा संलग्न बालबालिकालाई देखाउन भए पनि विद्यालय भर्ना गरिएको तर पढ्ने समय नदिने गरेको, बालिका यौनजन्य हिंसाको जोखिममा रहेको, लामो समयदेखि परिवारसँग भेट्न र कुरा गर्न नपाएको, जोखिमयुक्त कम गर्नुपर्ने, बिरामी हुँदा उपचार नपाउने र काम गरेबापत कुनै पैसा नपाएको गुनासो बालश्रमिकबाटै आएको सिविसका परियोजना संयोजक उमङ्ग मैनाली बताउनुहुन्छ । 

    सन् २०२१ को नेपाल बाल श्रम प्रतिवेदनअनुसार करिब ११ लाख बालबालिका श्रममा छन् । त्यसमध्ये करिब दुई लाख बालबालिका घरेलु श्रममा आबद्ध रहेको पाइएको सिविसकी अध्यक्ष विमला ज्ञवाली बताउनुहुन्छ ।

    बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, बालश्रम निषेध र नियमित गर्ने नियमावली २०६२, बालश्रमुक्त स्थानीय तह कार्यविधि, २०७७ कार्यान्वयनमा चरणमा रहेको, बालबालिकासम्बन्धी ऐन, २०७५ का साथै नेपालको संविधानले पनि बालश्रमलाई दण्डनीय भनिएपनि यसलाई निषेध भने गर्न सकिएको छैन ।

    राष्ट्रिय बाल अधिकार परिषद्ले केही दिनअगाडि सार्वजनिक गरेको आव २०८१÷८२ तथ्याङ्कअनुसार ४७७ वटा बाल यौन दुव्र्यवहार, यौनजन्य हिंसाका उजुरी परेको, बाल यौन दुरूपयोगका ३५५ वटा, बालविवाहका ६१ वटा, अप्राकृतिक मैथुनका २१ र बालबालिकाविरूद्धको कसूरमा ४० वटा उजुरी परेको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.