सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास


  •    न्युजभित्तो/६ पुष २०८२, आईतवार १३:१८ 
  • काठमाडौँ, ६ पुस । गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।

    पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गको विकास, प्रवद्र्धन र व्यवस्थापनका लागि सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा पाँचवटै पालिकाका उपाध्यक्षहरूसहित पर्यटन उद्यमीहरू, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमीहरू, सांस्कृतिक समूहका सदस्यहरू गरी कूल २५ जनाको सहभागिता रहेको थियो । 

    नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन र व्यवस्थापनका बारेमा छलफल भएको थियो । तालिम समापनका अवसरमा पाँच वर्षे पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिनुका साथै २१ सदस्यीय बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन समिति गठन गरिएको छ । समितिको नेतृत्व हरेक गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्छन् भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीहरुसहित २० जना सदस्य रहनेछन् । 

    तालिममा समापनका अवसरमा नेपाल टे«किङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोल्नुभएको थियो । तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.