सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व ध्यान दिवसमा विशेष समारोह


  •    न्युजभित्तो/६ पुष २०८२, आईतवार १३:१० 
  • काठमाडौँ, ६ पुस । दोस्रो विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराउनुभएको थियो । 

    मूल समारोह समितिका संयोजक एवं शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो ।  उहाँले योग र ध्यानलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने भएकाले यसलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रुपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थालाई सहकार्यमा आउन आग्रह गर्नुभयो । 

    ओशो तपोवनका आनन्द अरूणले नेपाललाई ध्यान केन्द्र बनाउन सकिने बताउँदै आर्थिक रूपमा सम्पन्न मुलुकमा पनि मानसिक सन्ताप हुने गरेको जानकारी दिनुभयो ।  

    कार्यक्रममा ‘आर्ट अफ लिभिङ नेपाल’ का प्रशिक्षक डा कञ्चन घिमिरे, ब्रम्हकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले ध्यान अभ्यास गराउनुभएको थियो । 

    गत वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१डिसेम्बर लाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.