सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दलित बस्तीको शिक्षाका लागि अक्षयकोष


  •    न्युजभित्तो/६ पुष २०८२, आईतवार १२:२६ 
  • महोत्तरी, ६ पुस । बर्दिबास–१४ स्थित गौतम होटलले बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिकाको शिक्षाका लागि रु तीन लाख ११ हजारको अक्षयकोष प्रदान गरेको छ । होटलका सञ्चालक हीरालाल गौतमले शनिबार आफ्नो ५०औँ जन्मदिनको अवसर पारेर मुसहर बालबालिकाको शिक्षामा खर्च हुनेगरी स्थापना गरिएको कोष मुसहर बस्तीका शिक्षा अभियानी मञ्जय सदा मुसहरसहितका बालबालिकालाई रु तीन लाख ११ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेर २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको ५२ घर बस्तीका बालबालिकाको शिक्षामा खर्च गरिने गरी गौतम होटलले अक्षयकोष स्थापनाका लागि यो रकम प्रदान गरेको हो । शिक्षामा धेरै पछि परेको मुसहर समुदायका बालबालिकाको शैक्षिक सामग्री, औपचारिक पोसाक र विपद्मा सहयोग पुग्नेगरी स्थापना हुने कोषका लागि यो रकम प्रदान गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्षसमेत रहनुभएका गौतमले स्पष्ट पार्नुभयो ।

    “जिल्लाभरिकै तथ्याङ्कले मुसहर शैक्षिक, सामाजिक, राजनीतिक र आर्थिक रूपमा पछि परेको जाति समुदाय देखिन्छ, हामीले यिनको उत्थानका लागि शिक्षा पहिलो प्राथमिकता हुने ठानेर यो रकम प्रदान गरेका हौँ”, गौतमले भन्नुभयो । यो रकममा आपूmमात्र नभई होटलका एक सय ३० जना कामदारको पनि योगदान मिसिएको उहाँले स्पष्ट पार्नुभयो ।

    विसं २०७४ मा ५२ घरमा २०० हाराहारीको जनसङ्ख्या रहेको यो मुसहर बस्तीमा त्यसयता भिन्न भई बस्ने बढ्दै गएर अहिले ७५ परिवारभन्दा बढी छन् । यहाँको करिब ३०० जनसङ्ख्यामा एक जना युवा मञ्जय सदाले स्नातक उत्तीर्ण गरेका छन् । अन्य बालबालिका विद्यालय पुर्याउन र टिकाउन निरन्तर प्रयत्न भइरहे पनि यहाँबाट माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्ने थपिन नसकेका बस्तीका शैक्षिक अभियानी मञ्जय सदा बताउनुहुन्छ ।

    गौतम होटलले यो कोषमा बर्सेनि एक लाख थप्दै जाने घोषणा गरेको छ । यसअघि आफ्नो होटल परिवारबीच नमूना बस्तीकै लागि ‘गौतम होटल शिक्षा अक्षयकोष’ नाम दिएर परिवारभित्रबाट सङ्कलन भएको रु एक लाख २० हजार रकमबाट मुसहर बालबालिकाको पोसाक, स्कुल ब्याग (कापी पुस्तक राख्ने झोला) र कापी, सिसाकलमसहितका शैक्षिक सामग्री प्रदान गरेको थियो । बस्तीबाट अहिले ५० जना बालबालिका विद्यालय जाने गरेका सदाको भनाइ छ ।

    मुसहर जातिमा यो पछौटेपन यहाँ (नमूना मुसहर बस्ती) मात्र नभई जिल्लाभरिमै उस्तै देखिन्छ । विसं २०७८ को पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लामा मुसहरको जनसङ्ख्या २७ हजार ३५२ छ । यो जिल्लाको कूल जनसङ्ख्या सात लाख छ हजार ९९४ को ३।८७ प्रतिशत रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ । मुसहरको यो जनसङ्ख्याभित्र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अझै ५० सङ्ख्या नाघ्न सकेको छैन । उच्च शिक्षामा प्रवेश गर्ने २० जनामुनि रहेका जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । यो जाति समुदायलाई शिक्षामा जोड्न आर्थिक गतिविधिमा सँगसँगै डोहोर्याउनेगरी कार्यक्रम बन्न आवश्यक रहेको कर्णको ठम्याइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.