सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराट महायज्ञ : पञ्चेबाजामा जन्ति भोजसहित पाँच हजारमै विहेको अवसर


  •    न्युजभित्तो/७ माघ २०७६, मंगलवार २०:५३ 
  • चितवन । नारायणगढको नारायणी नदी किनारमा अबको चार दिनपछि आयोजना हुने एक महिने कोटिहोम महायज्ञमा विवाह गर्न इच्छुक युवायुवतीका लागि जन्तीलाई भोजसहित विवाह गराइने भएको छ । माघ ११ देखि फागुन ११ गतेसम्म हुने कोटिहोम महायज्ञमा पाँच हजार एक सय रुपैयाँमा नै धुमधामसँग विवाह गराइने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

    महायज्ञका मूल वाचक वालयोगेश्वर माहाराजश्रीले महायज्ञ अवधिभरी पञ्चेबाजा बजाउँदै जन्तीभोज सहित पाँच हजार एक सय रुपैयाँमा नै विवाह गराइने जानकारी दिनुभयो । विवाह गर्न योग्य उमेर भएका युवायुवतीले विवाह गर्ने इच्छा देखाएमा जन्ती जति आएपनि भोज गराएर सोही शुल्कमा नै महायज्ञकै सवारी साधनमा बरबधुलाई घरमै पुर्याइने वालयोगेश्वर माहाराजश्रीले बताउनुभयो ।

    महायज्ञस्थलमा लगन हेर्न तथा जुराउन नपर्ने भएकाले बरबधु राजी भएको अवस्थामा विवाह गराइने महाराजश्रीले बताउनुभयो । माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा विवाहसँगै सामुहिक ब्रतबन्धसमेत गराइने उहाँको भनाइ छ ।

    एक महिनासम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।

    नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक वालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताउनुभयो । महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

    महायज्ञ अवधिभर ३५ हजार रुपैयाँ दान गर्ने परिवारको एक जना, ६५ हजार रुपैयाँ दान गर्ने परिवारका दुई जना, ८५ हजार रुपैयाँ दान गर्ने परिवारका तीन जना र एक लाख रुपैयाँ दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइने महाराजश्रीले बताउनुभयो । उहाँकाअनुसार महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको यज्ञमण्डप निर्माण सकिएर यज्ञ कुण्ड निर्माणको काम भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.