सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु


  •    न्युजभित्तो/४ पुष २०८२, शुक्रबार १३:३६ 
  • कर्णाली, ४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।

    कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क ९एन्साब० र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तर्गत ‘कर्णाली संवाद’ सुरु भएको हो । संवादको उद्घाटन आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्नुभएको हो ।

    उक्त संवादमा कर्णालीमा उत्पादित कृषि उपज, त्यसको पहिचान, ग्रेडिङ, प्याकेजिङ बजारीकरण र ट्रेडमार्कका लागि मूल्यावन लोगो प्रयोगले प्राप्त अवसर, देखिएका चुनौती र आगामी कार्यदिशाका बारेमा सरोकारवालाबीच संवाद सुरु भएको छ ।

    एन्साबका कार्यकारी निर्देशक डा भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगो सुरुवात गरेको कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाइ गरेको बताउँदै जैविक विविधताका हिसाबले विश्वमा धनी मानिने यहाँको परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले संवादको आयोजना गरिएको जनाउनुभयो ।

    संवादले कर्णालीको खेतबारी र पाखो भूमिमा उत्पादित रैथाने कृषि उपज, यसको पहिचानको आवश्यकता, पछिल्लो अवस्था तथा संरक्षण तथा संरक्षण सरकारी निकाय तथा गैर सरकारी सङ्घ संस्था र निजी क्षेत्रबाट भएका प्रयास एवं यहाँको उत्पादन, गुणस्तर र बजारीकरणमा नेपालसहित विश्वमा प्रवाह भएको सन्देशका बारेमा छलफल हुने लिबर्डका रणनीतिक कार्यक्रम लिडर रिता गुरुङले जानकारी दिनुभयो ।

    कार्यक्रममा जुम्लाको तातोपानी, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बराहताल गाउँपालिका, गुर्भाकोट, भेरीगङ्गा नगरपालिकाका प्रमुख÷अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका कृषि तथा पर्यावरणीय क्षेत्रका अनुसन्धानकर्ता, उद्योग वाणिज्य सङ्घ, कृषिसँग सम्बन्धित सङ्घसंस्था, उद्योगी, व्यवसायीसहितका सरोकारवालाको सहभागिता रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.