सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा भुवा पर्वको रौनकः आज प्रदेशभर सार्वजनिक बिदा


  •    न्युजभित्तो/४ पुष २०८२, शुक्रबार १३:०८ 
  • कञ्चनपुर, ४ पुस । सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो ।

    विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो । 

    उहाँका अनुसार पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको बुढाले बताउनुभयो ।

    “भुवा पर्व केबल मनोरञ्जन मात्र नभई यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।” उहाँका अनुसार पुरुषले परम्परागत लुगा ९सेतो जामा र पगरी० लगाएर हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्छन् ।

    “गाउका बासिन्दाले एकैठाउँमा भेला भई राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन रहेको छ”, बेलडाँडीका टेकबहादुर साउदले भन्नुभयो, “यस पर्वले समाजमा भाइचारा, एकता र वीरताको सन्देश प्रवाह गर्दछ ।” प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.