सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो


  •    न्युजभित्तो/४ पुष २०८२, शुक्रबार १३:०२ 
  • काठमाडौँ, ४ पुस । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । 

    सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जिपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ ।

    गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ । पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारीसाधन दक्षिणढोका निस्कन सहज हुन्छ । 

      गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ । 

    मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ । अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।

    पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । 

    आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

    गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाहिने पाउको चिन्ह रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोकोसमेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.