सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक


  •    न्युजभित्तो/१ पुष २०८२, मंगलवार १२:२१ 
  • काठमाडौँ, १ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ ।

    यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।

    तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले आज अपराह्न साँझ ४ बजेदेखि निर्वाचन गर्ने तयारी गरेको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.