सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घोषणा गरिएको मितिमा यही सरकारले निर्वाचन सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री पाण्डे


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार १३:२३ 
  • कास्की, २९ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

    गृहमन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री पाण्डेले तोकिएको मितिमा चुनाव नभए मुलकको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गर्नुभयो ।

    “घोषणा गरिएको मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गर्नुपर्छ । एक पटक चुनाव सारियो भने अथवा प्रधानमन्त्री फेरियो भने यो मुलक राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ भन्न सकिने अवस्था छैन । चुनाव भएन भने राजनीतिक अस्थिरता अझ बढ्छ, सुरक्षा चुनौती मात्र होइन, मुलुकको अस्तित्व माथिनै चुनौती थपिन सक्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

    निर्वाचनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उहाँले भन्नुभयो, “सुरक्षा निकायको मनोवल खस्केको अवस्था छ, जनता सुरक्षा निकायमाथि पूर्ण रुपमा विश्वस्त हुन सकेका छैनन् । केही हतिहार र अपराधी जेलबाट छुटेर बाहिर हिँडिरहेकाले निर्वाचन सम्पन्न गर्न चुनौती थपिन सक्छ ।”

    राजनीतिक दलहरुप्रति सरकार पूर्ण विश्वस्त हुन नसकेको तथा दलहरुले समेत कतै हामीलाई सरकारले बाहिर राखेर अघि बढ्न खोजेको हो की भन्ने परेकाले सरकार र दलबीच विश्वासको वावतावरण बनाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । सङ्घीय सरकार बाहेक बाँकी सरकारको नेतृत्व दलहरुका प्रतिनिधिले गरेकालेसमेत सङ्घीय, प्रदेश र स्थानीय तहबीच विश्वासिलो तथा भरोसायोग्य वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

    “राजनीतिक परिस्थितिका बाध्यताले अहिले निर्वाचनका लागि सङ्घीय सरकार बनेको छ, बाँकी सरकार दलहरुले नेतृत्व गरेका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहबीचको सरकारबीच समन्वय सम्बन्ध र विश्वासिलो वातावरण बनाउँदा मात्र हामीमाथि थपिएको सुरक्षाको चुनौती र निर्वाचन सम्पन्न गर्नका लागि थपिएको चुनौती सामना गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.