सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहसचिव गिरीलाई ‘सर्वोत्कृष्ट संसद्सेवा पुरस्कार’


  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार १६:३८ 
  • काठमाडौँ, २८ मङ्सिर । सङ्घीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

    सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

    सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वोत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्रविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशि क्रमशः एक लाख, रु ७५ हजार र रु ५० हजार रहेको छ ।

    त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    यसअघि कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले ‘संसद्सेवा’ स्मारिका विमोचन गर्नुभयो । स्मारिकाको विज्ञका रुपमा सेवा गर्नुभएका राष्ट्रिय समाचार समिति (रासस)का आलेख शाखाप्रमुख कृष्ण अधिकारीलाई सम्मान गर्नुभयो । विसं २०५८ मङ्सिर २८ गते संसद्सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.