सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड


  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार ११:५७ 
  • गण्डकी, २८ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् ।

    नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गर्नुभयो । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।”

    अधिकांश पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले विस्तारै निर्वाचनको वातावरण बन्दै गएको भन्दै नेतृ भुसालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताउनुभयो

    नेकपा नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले निर्वाचनपछि बन्ने सरकारले ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी निर्वाचनमा भाग लिन तयार रहेको र एक्लै प्रतिस्पर्धामा उत्रने धारणा राख्नुभयो ।

    “घोषित निर्वाचनमा हामी भाग लिन्छौँ, निर्वाचन प्रक्रियामा जेनजी पुस्तालाई समेटेर लैजान्छौँ”, नेता पौडेलले भन्नुभयो, “हाम्रो पार्टी आत्माआलोचनासहित जनताका बीच आएको छ, देशव्यापी रूपमा सकारात्मक वातावरण बनेको छ ।”

    नेतृ दिलकुमारी पन्तले समयमै चुनाव नभए थप समस्या आउने भन्दै निर्वाचन सफल पार्न नेकपाले सरकारलाई सहयोग गर्ने उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.