सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/२७ मंसिर २०८२, शुक्रबार १६:५६ 
  • काठमाडौँ, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।

    आज यहाँ पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उहाँले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    उपाध्यक्ष पाण्डेले भन्नुभयो, “अबको महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवासमेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेका छौँ । युवालाई नेतृत्वमा सहभागी गराउनुपर्छ । युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न सक्दैन । युवाको शक्तिबाट पाकाहरूको अनुभवसहितको शक्तिशाली पार्टी निर्माण गर्न आवश्यक छ ।”

    उहाँले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मान्यता रहेकासमेत जिकिर गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.