सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिन्तनको उत्सव ‘चित्तौन कचहरी’को तेस्रो संस्करण आजदेखि सुरु


  •    न्युजभित्तो/२६ मंसिर २०८२, बिहीबार १३:५४ 
  • चितवन, २५ मंसिर ।

    चितवनको नारायणी कला मन्दिरमा आज देखि ‘चित्तौन कचहरी’को तेस्रो संस्करण  सुरु भएको छ। तीन दिनसम्म (२५–२७ मंसिर) चल्ने यो विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत प्रवचनका विविध कार्यक्रमहरू समावेश छन्। उद्घाटनको दिन कविता र गजल वाचनको विशेष सत्र रहेको छ भने २६ र २७ गते १५ वटा गम्भीर बहस तथा मन्थन सत्रहरू आयोजना हुनेछन्। उत्सवको मुख्य आकर्षणका रूपमा भारतकी ख्यातिप्राप्त आदिवासी कवि तथा चिन्तक जसिन्ता केरकेट्टाको विद्वत प्रवचन रहनेछ।
    उत्सवकै सत्रमा जसिन्ता केरकेट्टा, मनोज बोगटी र अरिफ राजाका कविताहरूमा आधारित “SHHH! Big Brother Is Watching You…” नाटक मञ्चन हुँदैछ।
    आयोजक तथा संस्थापक निर्देशक सारिता तिवारीका अनुसार यसपटक उत्सवको केन्द्रबिन्दु भदौ २३–२४ गते भएको युवा विद्रोह, त्यसले निम्त्याएको राजनीतिक–सामाजिक उथलपुथल र अबको भावी कार्यदिशामाथिको गहिरो मन्थन हुनेछ। सधैंझैं भुइँमान्छेका आवाज, सरोकार र पीडालाई पनि प्राथमिकताका साथ समेटिनेछ।
    नेपाल र भारतका गरी ५० भन्दा बढी प्रख्यात विद्वान, विश्लेषक, युवा राजनीतिज्ञ, अभियन्ता, साहित्यकार र पत्रकारहरू वक्ता, सहजकर्ता तथा प्यानलिस्टका रूपमा सहभागी हुँदैछन्।
    बेटर चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा हुन गइरहेको यस उत्सवमा ४५ भन्दा बढी संस्थाहरूले सहकार्य गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.