सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील


  •    न्युजभित्तो/२६ मंसिर २०८२, बिहीबार १२:१५ 
  • सिमकोट, (हुम्ला), २५ मङ्सिर । यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ । 

     आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । 

     समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० सामान्य छन् । जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा छ मतदानस्थल रहेकामा एक मतदान केन्द्र अतिसंवेदनशील छ भने पाँच वटा संवेदनशील छन् । 

    आठ मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच अति संवेदनशील र तीन संवेदनशील छन् । सात मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई मतदानस्थल संवेदनशील छन् । 

     त्यसैगरी १२ मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच अति संवेदनशील, चार संवेदनशील र तीन सामान्य छन् । पाँच मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई अतिसंवेदनशील, दुई संवेदनशील र एउटा सामान्य छ । यस्तै एघार मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य अवस्थाका मतदानस्थल निर्धारण गरिएको छ । 

    सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ मतदानस्थल रहेकामा चार अतिसंवेदनशील, दुई संवेदनशील र तीन सामान्य छन् । मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताउनुभयो । 

    यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ । नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ । यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदानस्थल कायम गरिएका थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.