सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता’


  •    न्युजभित्तो/२६ मंसिर २०८२, बिहीबार ११:५१ 
  • कर्णाली, २५ मङ्सिर । कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।

    कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो ।
    प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    उहाँका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनामा सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढङ्गले कार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

    यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयका लागि प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताउनुभयो ।

    यसैगरी, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासका लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्पे्रषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने पनि प्रतिबद्धता जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.