सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः सचिव विष्ट


  •    न्युजभित्तो/२५ मंसिर २०८२, बुधबार १३:५१ 
  • काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको बताउनुभयो । उहाँले महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्दै सामूहिक नेतृत्व दिने विश्वास व्यक्त गर्नुभयो ।

    जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा सचिव विष्टले जोड दिनुभयो । पार्टीको केन्द्रीय नेतृत्वमा ४० वर्षमुनिका प्रतिनिधिको उल्लेख्य उपस्थितिका लागि र नयाँ राजनीतिक घटनाक्रमबारे महाधिवेशनमा छलफल गर्न प्रतिनिधिहरू सार्वभौम रहेका उहाँले स्पष्ट गर्नुभयो । 

    सचिव विष्टले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिनुभयो । कार्यक्रममा कृष्ण राई, सुरेन्द्र मानन्धर, अरविन्दा सिंहलगायत नेताहरूले नेतृत्व पुस्तान्तरण र हन्तरणमा जोड दिनुभएको थियो । एमालेको ११ औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.