सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा


  •    न्युजभित्तो/२४ मंसिर २०८२, मंगलवार १६:०७ 
  • काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । 

    महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिनुभयो । 

    उहाँले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाइएको बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको छ । 

    कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी रहेको छ ।  

    एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुँदैछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.