सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण


  •    न्युजभित्तो/२४ मंसिर २०८२, मंगलवार ११:५० 
  • कर्णाली, २३ मङ्सिर । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । 

    जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरुले सरकारको यस कार्यले निराशा छाएको दुःखेसो गरेका छन् । सुर्खेत वीरेन्द्रनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले कोभिड, भूकम्प, जेनजी प्रदर्शन, अन्तरराष्ट्रिय मूल्य वृद्धि, बैंकको उच्च ब्याजले थला परेको निजी क्षेत्रको मनोबल उठाउन प्रदेश सरकारले भूमिका नखेलेको दुःखेसो गर्नुभयो ।

    उद्योग, कलकारखाना, लगानी र पूर्वाधारको अभावमा पछाडि परेको कर्णालीमा प्रदेश सरकारले गरेका निर्णय, लिइएका नीतिहरुले निजी क्षेत्रमा थप चोट पुर्याएको दोषारोपण गर्दै उहाँले यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउन ११ बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जनाउनुभयो । जसमा कर्णाली राजमार्ग सुधारसहित २४सै घण्टा निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअफ उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

    कर्णालीको आन्तरिक नियमित हवाई उडान सञ्चालन हुनुपर्ने, कर्णाली सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्नुपर्ने, कोसेली गृह निःशुल्क रुपमा सञ्चालन तथा नीतिगत सुधार हुनुपर्ने, मेला महोत्सवको सञ्चालन निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने भन्ने माग राखिएको छ । कर्णाली प्रदेशस्तरीय औद्योगिक पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन, लघु औद्योगिक ग्रामका उद्यमी प्रवर्द्धनका लागि हालको भाडा दर घटाउनुपर्ने र सम्झौता अवधि बढाउनुपर्ने र कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रमा होटल व्यवसाय २४सै घण्टा गर्न पाउनुपर्ने विषय ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.