सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटधाममा युथ क्लबले गर्यो वृहत् सरसफाई


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार १५:३८ 
  • चितवन । मेला तथा चाडपर्वमा थुप्रिएको देवघाटधाम क्षेत्रको फोहर आज वृहत् सरसफाई कार्यक्रम गरी सफा गरिएको छ ।

    युथ क्लब नारायणगढको आयोजनामा देवघाटधामको चितवन तर्फको स्थानमा सरसफाई गरिएको हो । मेलामा आएका भक्तजनहरुले फालेका विभिन्न प्रकारका फोहोर सङ्कलन गरी उचित स्थानमा विसर्जन गरिएको युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपालले जानकारी दिनुभयो ।

    देवघाट क्षेत्र विकास समितिको आहनमा युथ क्लब नारायणगढले आयोजना गरेको कार्यक्रममा स्थानीय समुदाय, सीताराम संस्कृत माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, प्रहरी, इलाइट ग्रुप, वाग्लुङ कालिका फोर्सलगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले सरसफाई कुनै संस्थाले नभई व्यक्ति आफै जागरुक भएर गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष डाक्टर गुरुप्रसाद सुवेदी, क्बलका पूर्व अध्यक्ष सुरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष भगवानकुमार जोशीलगायतको सहभागिता थियो । करिब दुइसय जना सहभागी भएको कार्यक्रमबाट दुइ टन फोहोर सङ्कलन भएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    देवघाटमा आउने भक्तजनलाई फोहोर हुने सामग्री प्रयोग नगर्न र तोकिएको स्थानमा मात्र फोहोर फाल्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले आग्रह गर्नुभएको छ । धार्मिक स्थान कुनै एक व्यक्तिको नभई सबैको भएकाले यहाँ फोहोर नगरीदिन हुन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले अनुरोध गर्नुभयो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.