सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै


  •    न्युजभित्तो/२३ मंसिर २०८२, सोमबार १५:०५ 
  • काठमाडौँ, २२ मङ्सिर । सहरको भीडभाडमा दैनिकी बिताउन सजिलो पक्कै छैन । हिँड्न, डुल्न, खेल्न सास्ती खेप्नुपर्छ । यसमा महिला समुदायले भोग्ने सास्ती अरुको भन्दा अझै फरक र चुनौतिपूर्ण छ । सहर महिलाका लागि कति सजिलो वा चुनौतीपूर्ण छ भनेर बुझाउन फोटोग्राफरहरूले प्रर्दशनीमार्फत महसुस गराउने प्रयत्न गर्नुभएको छ । ललितपुरस्थित एमक्युब ग्यालरीमा मङ्सिर २८ गते ‘महिलामैत्री सहर’ शीर्षकमा सामूहिक रूपमा फोटो प्रदर्शनी हुँदैछ ।

    प्रदर्शनीमा महिलाका लागि सहर कति सुरक्षित, मर्यादित र मैत्रीपूर्ण छ भन्ने विषय केन्द्रित फोटो प्रदर्शनी हुन लागेको हो । फोटो प्रर्दशनीमा फोटोग्राफर अस्मिता सिग्देल, आस्था बाँस्तोला, हर्सल गुलाबचन्द्र, इलम श्रेष्ठ, जिनीशा अर्याल, कलसङ छोइदोन, श्रेया सिंह, श्रेष्ठ लिजन, सुजन प्रधान, अनिसा न्यौपाने, गौरव नेपाल, कुशुम पराजुली, मानसि सिंह, प्रसिद्ध पोखरेल, प्रक्षा विष्ट, रेविका कार्की, साक्षी शाक्य, सञ्जय थापा, सरिना बस्नेत, सुदिक्षा ढकाललगायत २० जनाले खिचेका तस्बिर अवलोकन गर्न पाइनेछ ।

    ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अुसार पुस ५ गतेसम्म हुने प्रदर्शनीमा महिलाले भोग्नुपर्ने विभिन्न हिंसात्मक गतिविधिका मुद्दालाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्ने प्रर्दशनीको उद्देश्य हो । साथै, महिला र सहरको अन्तर सम्बन्धको अवस्था महसुस गराउन फोटो प्रदर्शनीले अहम भूमिका खेल्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.