सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी


  •    न्युजभित्तो/२३ मंसिर २०८२, सोमबार १४:१७ 
  • दमौली (तनहुँ), २२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो । विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

    जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो । यस पश्चात् केहीदिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध समेत भएको थियो । केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ ।

    उहाँका अनुसार पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस÷प्रमाणीकरण सेवा प्रदान गरिएको छ ।

    यस्तै चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

    तीन हजार नागरिकता वितरण, छ जनाद्वारा परित्याग

    यस्तै तीन महिनाका अवधिमा तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज ९बाबुको आधारमा०, पाँच जनालाई वंशज ९आमाको आधारमा०, तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ । नौ सय ३३ महिला र सात सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ ।

    प्रतिलिपितर्फ वंशजका आधारमा नौ सय २० महिला र नौ सय ५७ पुरुष गरी एक हजार आठ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ । प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् ।

    गत साउनमा एक हजार चार सय ७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उहाँले बताउनुभयो । सोही अवधिमा एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ । अधिकारीका अनुसार नयाँ दर्तातर्फ एक सय ३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।

    यस्तै कार्यालयले एक हजार छ सय ५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण सङ्कलन गरेको छ । पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार पाँच सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.