सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा


  •    न्युजभित्तो/२० मंसिर २०८२, शुक्रबार १६:५६ 
  • काठमाडौँ, १९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो ।  “देश र पार्टीका लागि अहिले अध्यक्ष ओलीकै नेतृत्व, विचार र क्षमता आवश्यक छ । कम्युनिष्ट आन्दोलनलाई मूलधारमा स्थापित गर्न अध्यक्ष ओलीको भूमिका रहेको छ । नेपाली कम्युनिष्ट पार्टीमा लागेकाहरु पनि एमालेकै मूलधारमा आउनुपर्छ । त्यसो हुन सकेमा आन्दोलन थप प्रभावकारी हुन्छ,” उपाध्यक्ष थापाको भनाइ थियो । 

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.