सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक मतदानस्थल थप र दुई स्थानान्तरणका लागि सिफारिस


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १४:१७ 
  • गलकोट (बागलुङ), १८ मङ्सिर । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र  दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप तथा मतदानस्थल सार्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको हो । 

    जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रूपमा थप गर्न सिफारिस गरिएको बताउनुभयो । 

    रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलको रूपमा कायम गर्न सिफारिस गरिएको रिजालको भनाइ छ ।

    त्यसैगरी बागलुङ नगरपालिकाको एक मतदानस्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण सिफारिस गरिएको जनाइएको छ । बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्न लागिएको हो । 

    बागलुङ नगरपालिका–८ सिगाना वडाकार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्य चौकीमा सार्ने योजना बनाइएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सार्ने सिफारिस गरिएको हो । बडिगाड गाउँपालिका–१० साविकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सार्न सिफारिस गरिएको निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले बताउनुभयो । 

    सिफारिस गरिएको नयाँ मतदानस्थल र स्थानान्तरणको विषयमा आयोगको निर्णय भने आउन बाँकी छ ।  सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा यस अघिको निर्वाचनमा १०६ मतदातस्थल रहेको जिल्लामा जिल्लामा १०७ मतदानस्थल हुनेछ । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए भने बढेको मतदाता सङ्ख्याको आधारमा आयोगले केन्द्रसमेत थपेर पठाउनेछ । 

    जिल्लामा यस अघि एक लाख ८९ हजार १७३ जना मतदाता रहेकामा हाल पाँच हजार ९९३ मतदाता थपिएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.