सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन र सामाजिक विकास कार्यालयको एकिकृत सेवा


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १४:१३ 
  • गलकोट (बागलुङ), १८ मङ्सिर । गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन् । प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । 

    प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय गाभिएपश्चात एकिकृत रुपमा सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । एकिकृत कार्यालय साविकको उद्योग पर्यटन कार्यालयबाट सञ्चालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।

    कार्यालयको बुधबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गर्नुभएको थियो । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नविकरणको सिफारिस प्रदान गरेर सेवा सञ्चालन गर्नुभएको थियो । प्रदेश सरकारले मितव्ययीता कायम  र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालय गाभेर एकिकृत गरेको हो । 

    एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नविकरण, तालिम सञ्चालन पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण लगायतका कार्य गर्ने छभने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन र विद्यालय तथा मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माणका काम हुनेछन् । हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य कामकाज सञ्चालन गरिएता पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

    कार्यालय एउटै भए पनि प्रदेश मन्त्रालय भने दुई रहेका छन् ।  प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ । गत साउनमा प्रदेश सरकारले विभिन्न सात वटा निर्देशनालय खारेज गर्ने र ३२ कार्यालयलाई एकापसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.