सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन्ः कावा सभापति खड्का


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १२:१५ 
  • काठमाडौँ, १८ मङ्सिर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइनृ पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।

    उँधौली र यःमरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गर्नुभयो । 

    कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने आफ्नै विशिष्ट पहिचान रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले किराँत समुदायको महत्त्वपूर्ण पर्व उँधौली, ज्यापू समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापू दिवस) र समृद्धिको प्रतीक धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना दिनुुभएको छ । 

    कावा सभापति खड्काले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.