सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार ११:५९ 
  • काठमाडौँ, १८ मङ्सिर । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।  

    शुभकामना सन्देशमा भनिएको छ, “संविधानले परिकल्पना गरेको दुई सदनको व्यवस्थाअनुसार प्रतिनिधिसभा नरहेको वर्तमान अवस्थामा राष्ट्रियसभाको भूमिकालाई अझ मजबुत, सक्रिय र परिणाममुखी बनाउने अवस्था रहेको छ । राष्ट्रियसभालाई नीतिगत छलफल, कानुनी संरचनाको सूक्ष्म परीक्षण, दीर्घकालीन रणनीति निर्माण तथा सुशासनको प्रत्याभूतिको संस्थागत थलोका रूपमा सुदृढ गर्दै संसद्को सर्वोच्चता कायम राख्नु अहिलेको अत्यावश्यक राष्ट्रिय आवश्यकता बनेको छ । यो पर्वले त्यसमा पनि प्रेरणा दिने विश्वास छ ।”

    राई, लिम्बू, सुनुवार र याख्खा समुदायको मूल सांस्कृतिक पहिचान बोकेको उधौली पर्व मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरूसहित मनाइने गर्दछ । उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “प्राकृतिक चक्रसँग आत्मसात् भई मनाइने यस उधौली पर्वले हामी सबैमा उत्पादकता, दिगोपन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रेरणा जगाओस् भन्ने हार्दिक कामना गर्दछु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.