सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना


  •    न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार ११:४२ 
  • काठमाडौँ, १८ मङ्सिर । उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो । 

    उपसभामुख रानाले भन्नुभएको छ, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।” 

    उहाँले वर्तमान राष्ट्रिय परिस्थितिले हामी सबैलाई लोकतान्त्रिक मूल्य–मान्यता, विधिसम्मत शासन र उत्तरदायी संस्थाहरूलाई अझ मजबुत बनाउन आह्वान गरिरहेको उल्लेख गर्नुभएको छ । त्यसका लागि जनताले देखाएको विश्वासलाई निरन्तरता दिन सबै जिम्मेवार ढङ्गले अघि बढ्नु अहिले सबैको कर्तव्य भएको पनि बताउनुभयो । 

    उपसभामुख रानाले भन्नुभयो,“त्यसका लागि संसद् देशको नीति–निर्देशन, जनताको आवाज प्रतिनिधित्व, संविधान र कानुनको रक्षा तथा सुशासन निर्माणको केन्द्रविन्दु हो । संसद्ले सञ्चालन गर्ने विधायन, नीतिनिर्माण तथा संसदीय अनुगमनका कार्यमा अब जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ । आगामी निर्वाचन लोकतन्त्रको मर्म र राष्ट्रको भविष्य निर्माण गर्ने महत्वपूर्ण क्षण भएकाले सबै योग्य नागरिकसँग शान्तिपूर्ण, मर्यादित र उत्साहपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मेरो अनुरोध छ ।” 

    कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किराँत समुदायले अन्नबाली भित्र्याइएको खुसियालीका साथ मनाइने समुन्नत सांस्कृतिक पर्व हो । खेतबाली पाकेपछि इष्टदेवी–देवतामा आहुति अर्पण गर्ने, पितृको स्मरण गर्ने र समुदायिक मेलमिलाप विस्तार गर्ने परम्परा यस पर्वको मौलिक विशेषता हो । 

    यसैगरी, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवस पनि नयाँ अन्न भित्र्याइएका खुसीका साथ कृषि–संस्कृतिमै आधारित महत्वपूर्ण चाडपर्वका रूपमा मनाइन्छ । यी सबै पर्वहरूले परिश्रम, प्रकृतिप्रेम, सामूहिकता र सांस्कृतिक पहिचानप्रतिको गर्वलाई अझ बलियो बनाउँछन् ।

    उहाँले भन्नुभएको छ, “किराँत समुदायको उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसले प्रतिवर्ष हामीमा सहिष्णुता, एकता र समृद्धिको भावना जागृत गरिरहन्छन्, यी सबै पर्वहरूले हामीलाई प्रकृतिप्रेम, परिश्रमको सम्मान र साझा पहिचानप्रतिको गर्वमा एकताबद्ध गरून् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.