सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्ट्रेलियामा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु


  •    न्युजभित्तो/१२ मंसिर २०८२, बिहीबार ११:४५ 
  • मेलबर्न, ११ मंसिर । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको दुर्गम समुद्री तटमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक पुरुष गम्भीर घाइते भएका छन् ।

    २० वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको छ भने सोही उमेरका पुरुषलाई गम्भीर अवस्थामा अस्पताल लगिएको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानै सिड्नीबाट ३०० किलोमिटर उत्तरमा रहेको क्राउडी बे राष्ट्रिय निकुञ्जको काइलीज तटमा प्यारामेडिक्सलाई बोलाइएको थियो ।

    आक्रमण गर्ने शार्क ठुलो किसिमको बुल शार्क हुनसक्ने बताइएको छ । बुल शार्क ताजा पानी र नुनिलो पानी दुवै ठाउँमा भेटिन्छन् । यी शार्क मान्छेका लागि घातक हुने जनाइएको छ ।

    यो शार्क तेस्रो सबैभन्दा घातक प्रजाति भएको इन्टरनेसनल शार्क अट्याक फाइलले देखाएको छ । उक्त घटनासँगै अहिलेका लागि सो समुद्री तट सर्वसाधारणका लागि बन्द गरिएको छ ।

    त्यस आसपासको तट पनि अर्को २४ घण्टाका लागि बन्द गरिएको र सो क्षेत्रमा ड्रोनबाट निगरानी गरिने सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सले जनाएको छ । अस्ट्रेलियामा शार्कको यो पाँचौँ घातक आक्रमण हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.