सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १०:३३ 
  • काठमाडौं, १० मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।

    अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’(पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि ट्राइब्युनलको फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ को हिस्सा हो, जसको उद्देश्य हसीना र उनको दललाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट ‘बाहिर’ राख्नु हो।

    पार्टीले ट्राइब्युनललाई ‘अवैध’ भन्दै यसको फैसला अस्वीकार गरेको छ र मोहम्मद युनुसको राजीनामाको माग गरेको छ।

    अवामी लीगले युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति विरोधी’ र ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोप समेत लगाएको छ। पार्टीले स्पष्ट चेतावनी दिंदै भनेको छ, ‘बंगलादेशमा देखावटी चुनाव हुन दिइने छैन। यसको कुनै पनि मूल्य चुकाउनुपरे पनि कडा प्रतिरोध हुनेछ।’- एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.