सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईनोजद्वारा समर्थकलाई काठमाण्डौं जाने निःशुल्क बसको व्यवस्था


  •    न्युजभित्तो/३ मंसिर २०८२, मंगलवार १०:३४ 
  • चितवन, २ मंसिर । क्रिकेट क्लब चितवन राईनोजले आफ्ना समर्थकहरुलाई काठमाण्डौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।

    राईनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ः३० बजे चितवनबाट बस छुट्ने चितवन राइनोजले जानकारी दिएको छ । खेल समाप्त भएपछि पुनः चितवन ल्याईने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाईन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।

    बस चितवन मेडिकल कलेज (सीएमसी) को प्राङ्गणबाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म लैजाने छ । चितवन राईनोजको पहिलो खेल आज मंसिर २ गते ११ः४५ बजे कर्णाली याक्ससँग हुँदैछ । यसैगरी मंसिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मंसिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मंसिर १२ गते ११ः४५ बजे काठमाण्डौं गोर्खाजसँग चितवन राईनोज खेल्दैछ ।

    यसैगरी मंसिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मंसिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मंसिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राईनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.