सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गायिका आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार १९:३४ 
  • काठमाडौँ । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

    सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराउनुभएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उहाँले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गर्नुभयो ।

    घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो । रासस

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.