सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण


  •    न्युजभित्तो/२१ कार्तिक २०८२, बिहीबार ११:३६ 
  • दोधारा चाँदनी (कञ्चनपुर), २० कात्तिक । जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो । 
    जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन् । मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ । 
    पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताउनुभयो । “यहाँ धेरै फुटबल प्रतियोगिता धेरै तर रेफ्री बाहिरबाट ल्याउनुपर्ने अवस्था आएपछि कार्यपालिकाबाट निर्णय गरेर प्रशिक्षणमा सहयोग गरेका हौँ, यसले रेफ्री र कोच उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । 
    खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको ‘क्रेज’ बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो । “मुलुकभरि नै रेफ्रीको अभाव छ । प्रतियोगिता बढेका छन् । यो प्रशिक्षण फुटबलको विकासमा टेवा पुग्छ”, उहाँले भन्नुभयो, “रेफ्री र कोचको अभाव पूर्ति गर्नका लागि तीनै तहका सरकारले सहयोग गर्नु आवश्यक छ ।” 
    अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइराख्नुभएको छ ।  प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्वखेलाडी सहभागी छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.