सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी टुडेको आयोजनामा अन्तर सञ्चार गृह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, कालिका एफएम पहिलो


  •    /१८ बैशाख २०७६, बुधबार १३:१४ 
  • नारायणगढ । चितवनबाट प्रकाशन भइरहेको नारायणी टुडे मासिकको आयोजनामा मङ्गलबार अन्तर सञ्चार गृह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नारायणी टुडेले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा चितवनका सञ्चार गृहबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

    नौ टीम सहभागी उक्त प्रतियोगितामा कालिका एफएम पहिलो, ड्रिम्स दैनिक दोस्रो, टिभी कालिका तेस्रो, रेडियो माडी चौथो र कायाकैरन दैनिक पाँचौँ भएका छन् । पहिलो हुनेले पचास हजार रुपैयाँ, दोस्रो हुनेले तीस हजार रुपैयाँ, तेस्रो हुनेले बीस हजार रुपैयाँ, चौथो हुनेले दश हजार रुपैयाँ र पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नारायणी टुडे मासिकले सोही अवसरमा नेपाल पत्रकार महासंघ, चितवनकी उपाध्यक्ष शान्ता अधिकारीलाई पत्रकारिता क्षेत्रमा रहेर पुर्याएको योगदानको कदर गर्दै दश हजार रुपैयाँ नगदसहित कदर पत्रले सम्मानित गरेको छ । सोही अवसरमा पत्रिकाका प्रधान सम्पादक एवम् प्रकाशक वीरेन्द्रमणि पौडेलले मञ्जुश्री असहाय कल्याण केन्द्रको भवन निर्माणका लागि बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर ३ का प्रदेश सभा सदस्य बिजय सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, महासंघका चितवन जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, अधिवक्ता जगन्नाथ भण्डारी, पत्रकार नवराज ढकाल, अर्जुनप्रसाद शर्मा, रेडियो भरतपुरका अध्यक्ष नविन पौडेल, सेन्ट्रल कलेजका प्रिन्सिपल वाईवी पौडेल र मञ्जुश्री असहाय कल्याण केन्द्रका सञ्चालक मञ्जु खाँडले नारायणी टुडे मासिकले अघिल्लो वर्षदेखि निरन्तर रुपमा गरिरहेको हाजिरी जवाफ प्रतियोगिताले पत्रकारहरुको बौद्धिक विकासमा सहयोग पुग्ने र पत्रकारहरुबीचको सम्बन्धलाई प्रगाढ बनाईरहन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए । नारायणी टुडे मासिकका प्रधान सम्पादकरप्रकाशक वीरेन्द्रमणि पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नारायणी टुडे मासिकका बरिष्ठ सल्लाहकार बाबुराम पाण्डेको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.