सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ: सञ्चारमन्त्री खरेल


  •    न्युजभित्तो/२२ आश्विन २०८२, बुधबार १३:०१ 
  • काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले राससमा कार्यरत पत्रकार र कर्मचारी जुनसुकै विचार र आस्थामा आबद्ध भए पनि संस्थाको बृहत्तर हितका पक्षमा एक हुनुपर्ने बताउनुभयो । “राससमा कार्यरत साथीहरु साँच्चिकै पत्रकार बनेर आफ्नो व्यक्तित्व निर्माणमा लागेमा त्यसले देश र जनतालाई फाइदा पुग्नेछ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारको कार्यादेश बुझ्नुभएकै छ । सोहीअनुसार व्यवसायिक, निष्पक्ष र सन्तुलित भइ काम गर्नुस् ।”

    रासस विनियमावली संशोधन छिट्टै

    रासस एक इतिहास बोकेको गौरव गर्न लायक संस्था भएको स्मरण गर्दै मन्त्री खरेलले राससको विनियमावली संशोधनलाई विभागीय मन्त्रीका हैसियतले छिट्टै टुङ्गोमा पु¥याउन आफू तत्पर रहेको बताउनुभयो । उहाँले राससको भौतिक सम्पत्तिको उपयोग, अडियो–भिडियो सेवाको दिगोपना आदिका विषयमा क्रमशः छलफल गरिने विश्वास दिलाउनुभयो ।

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस विनियमावली लामो समयदेखि मन्त्रालयमा विचाराधीन हुँदा कर्मचारीको वृत्तिविकाससँग सम्बन्धित काम प्रभावित भएको बताउँदै यथाशक्य छिटो विनियमावली स्वीकृतिका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल भाषा, मैथिली र अवधि भाषामा समाचार सेवा प्रवाह भइरहेको जानकारी दिँदै अन्य मातृभाषामा पनि समाचार सेवा सञ्चालनका लागि बजेट व्यवस्था भए रासस तयार रहेको बताउनुभयो । उहाँले व्यावसायिक हिसाबले महत्त्वपूर्ण स्थानका राससको भौतिक सम्पत्तिको सदुपयोग गरी संस्थालाई आत्मनिर्भर बनाउन सकिने भएकाले त्यसमा सरकारको सहयोगको आवश्यकता औँल्याउनुभयो । रासस उपदान कोषसहित समग्र बजेट वृद्धिको व्यवस्था गरिदिन पनि कार्यकारी अध्यक्ष झालेले आग्रह गर्नुभयो ।

    राससका महाप्रबन्धक सन्दीप राईले राससलाई समयसापेक्ष ‘डिजिटलाइज्ड’ गरी देशको एजेण्डा बोक्ने समाचार संस्थाका रुपमा स्थापित गर्न व्यवस्थापन पक्ष अघि बढिरहेको बताउनुभयो । केन्द्रीय कार्यालयबाट मात्र समाचार सेवा प्रवाह भइरहेको अवस्थामा प्रदेशगत रुपमा पनि ‘बुलेटिन’ प्रकाशन गर्नुपर्ने देखिएकाले त्यसमा सरकारका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँले रासस विनियमावली संशोधन प्रक्रियालाई अन्तिम रुप दिन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न मन्त्रालयको नेतृत्वदायी भूमिका हुने भएकाले सहजीकरण गरिदिन मन्त्रालयसँग अनुरोध गर्नुभयो ।

    कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौलालगायत उपस्थित हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.