सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा होटल ‘लर्डस’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा


  •    न्युजभित्तो/६ आश्विन २०८२, सोमबार १२:०० 
  • चितवन, ६ असोज । चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् ।

    चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको बताउनुभयो ।

    उहाँका अनुसार दुई तला अण्डरग्राउण्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अण्डरग्राउण्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सवेरी, छ वटा तलामा होटल सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त अमेरिका, भारत, नेपाल लगायतका विभिन्न देशहरुमा चेन होटल सञ्चालन गरेको ीयचमक (लड्र्स) हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याईएको बरालले बताउनुभयो । उहाँले भन्नुभयो “होटलमा ५८ वटा कोठा रहेका छन् । ती मध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्टान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भको अवसरमा सन् २०२५ भरी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाई छ ।

    होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।” भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    कम्प्लेक्सको तीन वटा तलामा सेल्सवेरीको ३८ औं शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो “ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सवेरीमा रहेका छन् ।” कपडा, फर्निचर लगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सेल्सवेरीमा दसैं तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं ।”

    भवनको अण्डरग्राउण्ड दुई तलामा पार्किङ्गको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चार पाङ्ग्रे (कार) ८० वटा र दुई पाङ्ग्रे (मोटरसाईकल स्कुटर) दुई सय वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो ।

    उक्त भवन र होटलमा गरी कूल एक सय ६० करोड रुपैयाँ लगानी भएको जानकारी दिंदै बरालले सेल्सबेरीमा भने छुट्टै २५ करोड रुपैयाँ लगानी रहेको बताउनुभयो । यहाँका स्थानीय १८ जना व्यवसायीहरुको लगानी रहेको छ यो व्यवसायमा लक्ष्मी सनराईज बैंकसँग सहकार्य गरिएको छ ।

    तीब्र गतिमा विकास भईरहेको चितवनमा समयसापेक्ष व्यवसाय विस्तार गर्ने क्रममा यसमा लगानी गरिएको उहाँको भनाई छ । आम उपभोक्ताको ‘सपिङ्ग कल्चर’लाई मध्यनजर गर्दै उहाँहरुकै चाहना अनुरुपको सेवा सुविधा विस्तार गर्दै लैजाने योजना कम्पनीको रहेको बरालको भनाई छ ।

    यसैबीच कम्पनीले दसैं, तिहार, नेपाल सम्वत र छठको सम्पूर्ण नेपालीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.