सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन गर्न माओवादी केन्द्रको माग


  •    न्युजभित्तो/२४ भाद्र २०८२, मंगलवार ११:२६ 
  • काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारीको आकस्मिक बैठकले जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठनगरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।
    सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौँ फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्ताको मागलाई हामीले सम्मान गर्नुपर्छ । त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न आह्वान गर्दछौँ ।”
    केन्द्रले सोमबारको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ । माओवादी केन्द्रले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्न तथा मङ्गलबार साँझ ५ बजे देशभरका सबै स्थानीय तहमा श्रद्धाञ्जलीसभा आयोजना गर्न आग्रह गरेको छ ।
    देशभक्त र परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न बैठकले आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.