प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार
न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार १६:२३
विराटनगर, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।
त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । हाल दमकको अवस्था तनावपूर्ण छ ।
जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले त्यहाँभित्र रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुन् । दमक चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारी पछि नगरपालिका कार्यालयतर्फ अघि बढेका थिए ।