सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु -सभापति खतिवडा


  •    न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार १३:४७ 
  • काठमाडौँ, २३ भदौक । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताउनुभएको छ ।

    संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति पदको शपथ लिएपछि आज रासससँग कुरा गर्नुहुँदै उहाँले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताउनुभयो । एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताउनुभयो । यति हु्ँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उहाँको प्रतिबद्धता छ ।

    समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि उहाँले शपथ ग्रहणपछि जनाउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउनुहुँदै उहाँले अरुको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पार्नुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.