सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव


  •    न्युजभित्तो/१९ भाद्र २०८२, बिहीबार १३:०५ 
  • भीमदत्तनगर (कञ्चनपुर), १९ भदौक । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ ।

    नेपालका साविकका ७५ वटै जिल्ला चिनाउने गरि ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य बजेट अभावले प्रभावित बनेको छ । जगतगुरु मोहनशरण देवाचार्यको पहलमा भम्केनी धाम विकास समितिले निर्माण गरिरहेको मूर्तिका लागि बजेट अभाव भएको समितिले जनाएको छ ।

    धाम विकास समितिका अध्यक्ष पुरन खत्रीले बजेट अभावका कारण मूर्ति निर्माण कार्य अबरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार निर्माणाधिन मूर्तिको हालसम्म कमल आशन र खुट्टासम्मको भाग तयार गरिएको छ भने छातिसम्मको खाँचा तयारी गरिएको छ । त्यसका लागि आवश्वक धातु अभाव छ ।

    “मूर्तिको निर्माणका लागि मैन र माटोको छातिसम्मको खाँचा तयार भइसकेको छ, त्यसका लागि आवश्यक धातु छैन”, अध्यक्ष खत्रीले भन्नुभयो, “धातु पलाग्न काठमाडौँबाट शिल्पकार मगाउनु पर्छ, हामीसँग थोरै मात्रै धातु भएकाले अहिले पगाल्दा खर्च बढी लाग्छ ।” खाँचाका लागि आवश्यक धातु नहुँदा गर्मीका कारण मैन पग्लने सम्भावना भएकाले रु २०–२५ लाखसम्म नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

    विसं २०७४ बाट सुरु भएको मूर्ति निर्माण कार्य पाँच वर्षमा भित्रमा सक्ने लक्ष्य लिइएको भए पनि कोरोना संक्रमणले एक वर्ष थपेर २०८० सम्म सक्ने लक्ष्य लिइएको थियो । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता भएको छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु आवश्यक पर्ने अनुमान गरिए पनि कमल आशनमा मात्रै १० टन बढी धातु प्रयोग भएको र त्यसको मात्रामा थप बढ्ने देखिएको छ ।

    मूर्ति निर्माणका लागि स्रोत जुटाउन जगतगुरु मोहनशरण देवाचार्य देश दौडाहामा निस्किनुभएको छ । देवाचार्यले स्थानीय र प्रदेश सरकारबाट प्रतिबद्धता अनुरुप बजेट प्राप्त नभएको बताउनुभयो । उहाँले सरकारबाट आवश्यक सहयोग प्राप्त नभएकाले स्वेदेशी तथा विदेशी दाताबाट सहयोग सङ्कलनका लागि पुनः देश दौडाहामा निस्किन लागेको बताउनुभयो ।

    उहाँले यसअघि पनि मूर्ति निर्माणका लागि ९२०७२ वैशाखदेखि २०७४ माघसम्म० नेपाललाई दाहिने पारेर परिक्रमा गरि २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन गर्नुभएको थियो । “अब स्वेदेशी तथा विदेशी भक्तजनहरुसँग सहयोग माग्छु”, उहाँले भन्नुभयो, “पूर्व माननीय, मन्त्री ज्यू, स्थानीय सरकारबाट सहयोग आएको थियो, अहिले प्रदेश सरकारलाई रु तीन करोड बजेट माग गरेका थियौँ, प्रतिबद्धता गरे पनि बजेट आएन् ।”

    साथै उहाँले मूर्ति निर्माणका लागि दाताहरुसँग सहयोगका लागि अपिलसमेत गर्नुभएको छ । मूर्ति निर्माण कार्य राष्ट्रलाई जोड्ने अभियान भएको पनि उहाँले बताउनुभयो । नेपाल आमाको मूर्ति हेर्न नेपालभरिका मान्छे आउने र यसले धार्मिक पर्यटनको विकास गर्ने उहाँको विश्वास छ ।

    मूर्ति निर्माणमा हालसम्म रु दुई करोड ७५ लाख बढी खर्च भइसकेको र रु एक करोड ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको धाम विकास समितिले जनाएको छ । भम्केनी धामलाई महाकाली तटको शारदापीठ पवित्र धार्मिकस्थलका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.