सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कविताः खोरिया


  •    न्युजभित्तो/१० भाद्र २०८२, मंगलवार १७:०७ 
  • चन्द्रा न्यौपाने

    यो मन यतै मोडेर
    दुबै यी हात जोडेर
    अर्पण ! हाम्रो संस्कार
    छ नमस्कार !

    हरेक वर्ष झैं गरी
    आयो तीज फन्को मारी
    आडम्बर छ बेसरी
    अनेकथरि।

    समाज हामी बीच यो
    अघिल्लो रात तीजको
    खाइने हो नि यो दर
    भो मैन्हाभर ।

    तीज गान नाच छोडी
    अश्लील पारामा मोडी
    बिर्सेर प्रायः संस्कृति
    भित्र्यो विकृति।

    अर्धनग्न कपडामा
    तीज डुबेको देख्दामा
    यो मन भो विचलित
    नहुँदा हित।

    संस्कृति हाम्रा अस्तित्व
    बिर्सिए यस्ता महत्त्व
    होऔंला कहीं अचेत
    बनौं सचेत।

    अस्तित्वमा दरकार
    सचेत बनोस् सरकार
    लागू होओस् मापदण्ड
    हटोस् उदण्ड।

    त्यागौं तडकभडक
    तीजकै जोडौं रौनक
    ब्रत बसौं स्वास्थ्य हेरी
    मायाले बेरी।

    लाऔं तन, मन, धन
    जोगाऔं मौलिकपन
    फालेर सब विकृति
    राम्रा संस्कृति।

    मेरो यो भित्री चाहना
    नगरी कुनै बाहना
    होओस् सदा सद्भावना
    शुभकामना !!!

    जन्मः तनहूँ
    हालः टोखा नगरपालिका–८, जालपाचोक, काठमाडौं।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.