सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छः मन्त्री चौधरी


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार १६:५१ 
  • पाँचथर, २५ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताउनुभएको छ ।

    प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उहाँले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताउनुभयो ।

    आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी गराउनुभयो । “प्रतियोगिता सञ्चालनको मुख्य जिम्मेवारी प्रदेश सरकारको भएकाले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल चलाइरहेका छौं”, मन्त्री चौधरीले भन्नुभयो, “यसमा प्रधानमन्त्रीज्यूको पनि चासो रहेकाले चाँडै परिवर्तन तय गर्छौं ।”

    मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सञ्चालनमा भएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी छानबिन गर्न एक समिति गठन गर्ने पनि जानकारी दिनुभयो । “प्रतियोगिता सञ्चालन गर्दा मौजुदा कानुनको अधिनमा रहेर काम गर्न सबै पक्षलाई हामीले आग्रह गर्दै आएका छौं”, मन्त्री चौधरीले भन्नुभयो, “नियमनको जिम्मेवारी मन्त्रालयकै भएको हुँदा कानुनको अधिनमा रहेर एनपिएल सम्पन्न गर्न मन्त्रालयले सहयोग गर्नेछ ।”

    मन्त्री चौधरीले खेलकुदका संरचना निर्माणका लागि निकै कम मात्रै जग्गा प्राप्त नहुने अवस्था रहेको र प्राप्त जग्गामा संरचना निर्माण गर्न बजेट अभाव हुने गरेको वताउनुभयो । “आगामी दिनमा स्थानीय तहले पनि जग्गाको प्रबन्ध गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले प्राप्त भएका जग्गामध्ये करिब ७० प्रतिशतमा खेलकुदका संरचना निर्माण भइरहेका छन् ।”

    मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहलाई खेलकुदका कर्मचारी पठाउने तयारी गरेको जानकारी दिनुभयो । यसका लागि मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको र उक्त काम भदौभित्र सम्पन्न हुने उहाँको भनाइ छ ।

    मन्त्री चौधरीले अलपत्र बनेको फिदिम रङ्गशाला निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फिदिम रङ्गशाला निर्माण बहुवर्षीय ठेक्कामा नपर्दा बजेट अभाव हुने गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षदेखि बजेट अभाव हुन नदिने र बहुवर्षीय ठेक्कामा रुपान्तरण गर्ने वताउनुभयो ।

    रु १० करोड ६३ लाख ७५ हजारको लागतमा पिएस-किरातेश्वर-मैनाचुली जेभीले उक्त रङ्गशाला निर्माणको ठेक्का पाएको थियो । विसं २०७७ फागुनमा निर्माण सुरु गरिएको खेलमैदान २०७९ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म जम्मा ३१ दशमलव ७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.