सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार १६:४७ 
  • पाटन (ललितपुर), २५ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राख्नुभएको छ । 
    नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनुभयो । 
    “लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ, लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ”, सभापति देउवाले भन्नुभयो ।
    सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताउनुभयो । 
    उहाँले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै आएको बताउनुभयो । 
    त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण  गर्नुभयो । “विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरुको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो”, उहाँले भन्नुभयो । 
    पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेपाली समाजको चेनताको स्तर उच्च रहेको भन्दै लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 
    पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैङ्गिक समानता महिलाको मात्रै नभै सामाजिक रुपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरुको समेतको सरोकारको बिषय रहेको बताउनुभयो । 
    कांग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरिनै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गर्नुभयो । उहाँले नेपालका महिला, दलित, सुकुम्बासी, थारुलगायतको विषयमा नेपाली कांग्रेस सचेत रहेको उल्लेख गर्नुभयो । 
    जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले लोककल्याणकारी राज्य स्थापनाका लागि स्थानीयदेखि केन्द्रीय तहको नेतृत्वसम्म महिलाको सहभागिता अभिबृद्धि हुनुपर्नेमा जोड दिनुभयो । 
    नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गर्नुभयो । उहाँले महिला र पुरुषलाई समान रुपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।
    नेपाल महिला सङ्घको अध्यक्ष उषा मिश्र राउतले लैङ्गिक समानताका विषयमा समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिबृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.