सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनुकूलन खेती अपनाउन आवश्यकः मुख्यमन्त्री सिंह


  •    न्युजभित्तो/२४ श्रावण २०८२, शुक्रबार १४:२५ 
  • महोत्तरी, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृति र मौसमअनुकूल हुनेगरी खेती गरिनुपर्ने बताउनुभएको छ । 
    उहाँले आज लालगढमा आयोजित दोस्रो आँप गोष्ठीलाई सम्बोधन गर्दै यसपालीको लामो खडेरीबाट चेत्दै अब परम्परागत ढाँचाभन्दा जेजस्तो अवस्था बन्ने र त्यसको अनुकूलन हुनेगरी खेती गरिनुपर्ने बताउनुभयो  । 
    “हाम्रो मधेशको मुख्यबाली धान हो, तर यसपाली लामो खडेरीले अपेक्षित खेती गरिने अवस्था रहेन”, सिंहले भन्नुभयो, “त्यसैले अब खडेरीअनुकूल हुने गरी खेती गर्न जान्नु पर्दछ ।” देशभरिमा आँपको उत्पादनमा मधेशको ७० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको चर्चा गर्दै उहाँले पूूर्वपश्चिम लोकमार्ग उत्तरका बाँझा पाखामा आँप र अन्य फलपूmल लगाउन सकिने बताउनुभयो । 
    यसतर्फ किसान र  स्थानीय तहको प्रयत्नमा प्रदेश सरकारको साथ रहने उहाँको प्रतिबद्धता थियो । पानी नपर्दा धान लगाउन नपाइने सत्य हामी सबैलाई थाहा हुँदाहुँदै यसको विकल्प सोच्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । चुरे काछका बाँझा चउर, नदी किनारका उकास जग्गा रुखबिरुवाले हराभरा बनाउन सके वातावरण सन्तुलनमा पनि योगदान हुने सिंहले बताउनुभयो ।
    मधेशलाई आँपको ‘हब’ बनाउन विशेष पहलकदमी बढाउनु पर्ने उहाँको भनाइ छ । “अहिले नेपालमा उत्पादन हुने आँपमा मधेशको ७० प्रतिशत योगदान छ, अब आँप विदेशमा निर्यात गर्नेगरी उन्नत प्रविधिबाट खेती बढाउनु पर्छ”, सिंहले भन्नुभयो ।
    कार्यक्रममा मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा उमेश दाहालले आँपको वैज्ञानिक प्रविधिबाट खेती गरिए यसबाट आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान हुने बताउनुभयो । यसैगरी फलपूmल विज्ञ डा शान्ता कार्कीले विगतमा आँपको उत्पादनको अवस्था र यो खेतीमा अपनाउनुपर्ने नविनतम प्रविधिका बारे चर्चा गर्नुभयो ।
    यसैगरी राष्ट्रिय फलपूmल विकास केन्द्र किर्तिपुरका प्रमुख महेशचन्द्र आचार्यले आँपखेतीको राष्ट्रिय अवस्थाबारे प्रकाश पार्नुभयो । मुलुकभरि ५२ हजार ९७५ हेक्टरमा आँपखेती रहेमध्ये मधेशमा ३४ हजार ७९८ हेक्टरमा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । मधेशमा यसपाली तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको र यो मुुलुकको कूल उत्पादनको ७० प्रतिशत रहेको आचार्यले उल्लेख गर्नुभयो ।
    नेपाल सरकार कृषि विभाग, दातृसंस्था आइसीमोड, स्थानीय सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र आर ऐण्ड डीसहितका निकाय तथा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । 
    कार्यक्रममा दातृ निकाय आइसीमोडका कृषि उपनिर्देशक इजाबेला कोजेललले यहाँका स्थानीय तह र प्रदेश सरकारको यस दिशाको प्रयत्नमा आफ्नो उदात्त सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा सम्पन्न भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.