सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार १२:३२ 
  • काठमाडौँ, २२ साउन । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइकुण्ड पुगेको छ ।

    रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित ६ जनाको टोली गोसाइकुण्ड पुगेको हो ।

    डा पदम जोशीको संयोजकत्वमा ‘माउण्टेन मेडिसिन सोसाइटीका चिकित्सक’ गोसाइँकुण्ड पुगेको हो । उक्त समूहमा डा अनिलकुमार शाह, डा प्रिन्स सिंह, डा सुजन पौडेल, डा समिर बस्नेत र प्यारामेडिक आङदावा शेर्पा हुनुहुन्छ । सो समूहले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

    “उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमासमेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्ने जनाइएको छ । उक्त चिकित्सक समूहले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने छ ।

    एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.